यस्तो बन्यो एमाले रामेछाप जिल्ला कमिटी, पदाधिकारी र सदस्य कसको कति मत ? – Nepal Press

यस्तो बन्यो एमाले रामेछाप जिल्ला कमिटी, पदाधिकारी र सदस्य कसको कति मत ?

रामेछाप । नेकपा एमाले रामेछाप जिल्लाको नवौं अधिवेशनबाट अध्यक्ष र सचिवसहित केही सदस्य सर्वसम्मत चयन हुँदा बाँकी पदमा निर्वाचन भएको छ । शनिवार सम्पन्न अन्तिम मत परिणाम अनुसार सबैभन्दा बढी मत पदाधिकारीमा उपसचिव मिलन घिसिङले ल्याएका छन् ।

अध्यक्षमा कडरिया र सचिवमा प्रकाश कुमार कार्की भने सर्वसम्मत भएका थिए । कडरियालाई नेता रत्न गौतमलगायतको समर्थन थियो भने सचिव कार्की केन्द्रीय सदस्य माधव ढुंगेलनिकट मानिन्छन् ।

वागमती प्रदेश अध्यक्ष समेत रहेका रामेछापका सिनियर नेता कैलाश ढुंगेल जिल्ला अधिवेशनमा तटस्थ रहेका थिए । उनी कसैको पक्ष वा विपक्षमा खुलेनन् तर सर्वसम्मत नेतृत्व चयनमा भने उनले पहल लिएका थिए ।

अध्यक्ष र सचिवबाहेक अन्य पदमा भएको निर्वाचनबाट उपाध्यक्षमा होतराज ढकाल निर्वाचित भएका छन् । उनले ध्रुव कुमार कार्कीलाई २३ मतले पराजित गरेका हुन् । ढकाल यसअघि उपसचिव थिए ।

त्यस्तै उपसचिवमा मिलन कुमार घिसिङ ५०९ मतका साथ निर्वाचित हुँदा दिनेश सुवेदी ११८ मतमा समेटिए । अर्को उपसचिवमा मखमली श्रेष्ठ ४४० मत सहित निर्वाचित भएकी छन् । उनी खाँडादेवी गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन् । घिसिङ प्रदेश सभा २ बाट उम्मेदवार बनेका थिए ।

यी हुन् निर्वाचित पदाधिकारी र सदस्य –

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर