ओलीको निर्देशन- काठमाडौंका १० क्षेत्रमध्ये एउटामात्रै जित्ने कुरा स्वीकार्य हुँदैन, स्थितिलाई बदल्नुस् (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आगामी निर्वाचनमा पनि गएको निर्वाचनको जस्तो परिणाम काठमाडौंमा आए स्वीकार्य नहुने बताएका छन् ।
काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अधिवेशनबाट नयाँ संकल्पसहित अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
ओलीले भने, ‘हामीले दुर्गम देशलाई सुगम बनायौं, काठमाडौंलाई हेर्न लायक बनायौं, तर त्यो कुरा हामीले जनतामा पु¥याउन सकेनौं । त्यो कुरा बुझाउन सकेनौं, जसले गर्दा जनता अलमलमा परे, यस्तो बेलामा पनि उपमेयरसहित केही वडाहरुमा जित्नुभयो त्यसका लागि धन्यवाद दिन्छु । एउटा क्षेत्र माननीय कृष्णगोपालजीले जित्नुभयो । तर, एमाले जस्तो पार्टी यसरी काम गरेको गंगालालको, पुष्पलालको, साधना प्रधानको, साहाना प्रधानको, मदन भण्डारीको, मनमोहन अधिकारीको पार्टीले काठमाडौंमा १० वटा क्षेत्रमध्ये जम्मा एउटामात्रै जित्ने, यो कुरा स्वीकार्य हुन सक्दैन । यस स्थितिलाई बदल्नुस् । अधिवेशनको सार्थकता त्यसले दिनुपर्छ ।’
उनले एमालेले देशको विकासका लागि निरन्तर काम गरिरहेकाले जनताको विश्वास जित्नेतर्फ लाग्न निर्देश गरे ।
तिम्रो कुरा खुलित । उखाने बासी ।