नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ) – Nepal Press

नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ)

नेकपा एसको स्थायी कमिटीमा महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेज पेश गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदाका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारुप प्रस्ताव प्रस्तुत गरेको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

बैठकमा स्थायी कमिटी सदस्यहरु साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आआफ्नो धारणा राखेका थिए । अन्य सदस्यहरुले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए ।

उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे । संसदमा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसदको अवरोध हटाउन सरकार र सभामुख गम्भीर हुनुपर्ने बताए ।

स्थायी कमिटी बैठक लम्बिएपछि पोलिटव्युरो बैठक बैशाख ३१ र जेठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने जनाइएको छ ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर