नेपालीको पडकास्टमा आए जापानका विश्वचर्चित लेखक होण्डा
काठमाडौं । नेपालका पडकास्टर सुमित शर्मा समीरले चलाएको पडकास्ट श्रृङ्खलामा जापानका विश्व चर्चित लेखक अतिथि भएर आएका छन् । समीरले चलाएको पडकास्ट ‘इन्क एण्ड इन्साइट्स’मा सत्तरी लाख प्रति भन्दा धेरै किताब बिक्री गरेका डलर करोडपति लेखक केन होण्डा आएका हुन् ।
उनी नेपालीले चलाएको पडकास्टमा आधा घण्टा गफिएका छन् । होण्डाले लेखेको ह्याप्पी मनीः जापानी आर्ट फ मेकिङ पिस विथ मनी नामक किताब सन् २०१९ मा प्रकाशन भएको थियो । यसले उनलाई विश्व विख्यात बनाउन सहयोग गरेको थियो । यो किताब विश्वका ४० देशका विभिन्न भाषामा छापिएको छ ।
होण्डालाई पडकास्टमा ल्याएका समीर आफूले पडकास्ट चलाउनुको उदेस्य नेपाली पडकास्टलाई विश्वभर सुन्न योग्य बनाउनु र विश्वस्तरिय छलफलको डिजिटल चौतारी बनाउनु रहेको बताउँछन् । होण्डा भन्दा अगािड पनि समीरले धेरै विश्व विख्यात
अघि इन्क एण्ड इन्साइट्समा समीरले नोबेल पुरस्कार विजेता वैज्ञानिक सर रिचार्डस् जे रोबर्ट्स, वर्ल्ड फूड लौरेट तथा वैज्ञानिक रत्तन लाल, पुलित्जर पुरस्कार विजेता लेखक काई बर्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार सञ्जीव सान्याल, अर्डर आफ क्यानाडाबाट सम्मानित अर्थशास्त्री ज्याक मिन्ज, दार्शनिक पिटर एडमसन लगायतसँग कुराकानी गरिसकेका छन् ।
‘वेकअप अली , वेक अप नाउ’ पुस्तकका लागि सन् २०२२ को केएलएफ बुक अवार्ड पाएका समीरले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट स्नातकोत्तर गरेका छन् ।