कोशीमा नेकपा एस- मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने
नेपाल प्रेस
२०८१ वैशाख ३१ गते १४:१७
विराटनगर । नेकपा एस कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने भएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै नेकपा एसका सांसद कमलप्रसाद जवेगुले सरकार गठनमा असहमति रहेको भएपनि गठबन्धनमा भएकाले विश्वासको मत दिने बताए ।
तर, आफूहरू प्रतिपक्षमा बस्ने उनको भनाइ छ । उनले कोशी नामकरणका विषयमा पनि असहमति रहेको बताए । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको उनको टीप्पणी छ ।
प्रतिक्रिया