यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एक साता भित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
प्रदेश सभाबाट विश्वासको मत पाएपछि उनले गठबन्धन दलका बिचमा छलफल गरेर यसै साता मन्त्री परिषद् विस्तार गर्ने बताएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताए । उनले अहिलेसम्म मन्त्रालय बढाउने कुनै योजना नरहेको बताए ।
उनले भने, ‘हाम्रा बिचमा मन्त्रालय नबढाउने विषयमा सहमति भएको छ । के हुन्छ गठबन्धन दल भित्र छलफल हुने छ ।’
उनले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूलाई पनि सरकारमा लैजाने विषयमा छलफल भइरहेको बताए । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए ।
कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेपालका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका थिए ।