सरकारको नीति कार्यक्रम वाचन गर्दै राष्ट्रपति, कांग्रेस शान्त
नेपाल प्रेस
२०८१ जेठ १ गते १५:१५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।
आजको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले कुनै अवरोध गरेको छैन ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए ।
यसअघि संसद बैठकहरु अवरुद्ध गर्दै आएको कांग्रेसले आज नीति–तथा कार्यक्रम वाचन गर्न राष्ट्रपतिलाई कुनै अवरोध गरेन । कांग्रेस सांसदहरु शान्त भएर सुनिरहेका छन् ।
प्रतिक्रिया