बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने
नेपाल प्रेस
२०८१ जेठ १ गते १५:३७
काठमाडौं । सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताए ।
गोरखकालीन रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सार्वजनिक निजी साझेदरीमा सञ्चालन गरिने पौडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर