विद्युतीय प्रणालीबाट वैदेशिक मुद्रा भुक्तानी हुने व्यवस्था मिलाइने – Nepal Press

विद्युतीय प्रणालीबाट वैदेशिक मुद्रा भुक्तानी हुने व्यवस्था मिलाइने

काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रा भुक्तानी हुने व्यवस्था मिलाउने नीति लिएको छ ।

मङ्गलवार संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने बताएका हुन् ।

यस्तै आन्तरिक स्रोतको परिचालन दिगो बनाइने, राजस्व बढाउने, करदाताको व्यावसायिक लागत घटाउने गरी कर नीति लिइने लगायतका नीति सरकारको छ ।

तीन तहका सरकारबीच लगानी र प्रतिफलको हिस्सा निर्धारण गरिने भनिएको छ । यसका लागि विद्युतीय अन्तर आबद्धतालाई प्राथमिकता दिइने राष्ट्रपति पौडेलले भने ।

विदेशी ऋण लगायतको विदेशी ऋण भित्र्याउन सहजीकरण गरिने पनि भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर