ब्रोडब्याण्ड सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने (भिडिओ) – Nepal Press

ब्रोडब्याण्ड सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने (भिडिओ)

काठमाडौं । सरकाले ब्रोडब्याण्ड सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ब्रोडब्याड सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाईने बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘सूचना तथा सञ्चार प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत व्यवस्था गरिने छ ।

डिजिटल नेपाल फेमवर्कलाई परिमार्जन गरिने छ । सूचना प्रविधि सम्बन्धी निकायको पुन संरचना गरि सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ । विद्युतिय सुशासन र ब्यक्तिगत डाटा सुरक्षा सम्बन्धि कानून तर्जुमा गरिने छ ।

विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरि व्यवसायको कार्यप्रकृया पुनः संरचना गरिने छ । विद्युतिय प्रणालीबिच अन्तरआबद्धता कायम इन्टरनेट तथा डाटा एक्सचेन्ज फर्म निमार्ण गरिने छ । ब्रोडब्याड इन्टरनेट सेवा विस्ता गरी ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

राष्ट्रिय महत्वमा अभिले आधुनिक प्रविधिबाट संरक्षण गरिने समेत पौडेलले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर