गिरीबन्धु टी स्टेटबारे ओली- कांग्रेसले कमिसन खाएर ७० बिघा बेचेको छ, हामीले ऐन बनाएका हौँ (भिडिओ) – Nepal Press

गिरीबन्धु टी स्टेटबारे ओली- कांग्रेसले कमिसन खाएर ७० बिघा बेचेको छ, हामीले ऐन बनाएका हौँ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले घरिघरि उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए ।

उनले भने- ‘कांग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी-स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौं ।

उनले अदालतको आदेशपछि आफूले नियममात्रै बनाएको बताए ।

ओलीले भने- ‘त्यसको कार्यान्वयन भएको छैन । त्यो नियममा विभिन्न शर्तहरू राखिएको छ, ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन । अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो । हामी सम्मानित अदालतको सम्मान गर्छौं । अदालतको फैसला मानेर कहिले जेलजीवन बिताएका छौं, अन्यायपूर्ण फैसला भोगेर कहिले विभिन्न मुद्दा भोगेका छौं, कहिले सरकारबाट हटेका छौं तर, पनि हामीले अदालतको सम्मान गरेका छौं । म आग्रह गर्छु, न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा अर्को काम गर्दा एकजना न्यायाधीशले रिटायर्ड भएपछि बालुवाटार त छावा हो त्यहाँ त हात्ती छ भन्नुभयो त्यो हात्तीको दुईवटा छावा बिक्री गरेको बेलामा श्रीमान् कहाँ हुनुहुन्थ्यो ?’

उनले अब कांग्रेसको बकवास सुनेर आफूहरू मौन नबस्ने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर