सुदूरपश्चिममा कांग्रेस र नाउपा रेशम पक्षले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित – Nepal Press

सुदूरपश्चिममा कांग्रेस र नाउपा रेशम पक्षले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा काङ्ग्रेस र नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध गरेका छन्।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन आजको बैठक आह्वान गरिएको थियो ।

बैठक सुरु भएलगत्तै काङ्ग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री सत्तापक्षमा बसेका थिए भने अन्य सांसद प्रतिपक्षमा उभिएका छन् ।

नाउपका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको जिकिर गरे।

प्रतिपक्षमा नाउपका ५ सांसद र काङ्ग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने उभिइनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर