सदनमा धकेलाधकेलपछि कांग्रेसको आरोप- सभामुख एमालेकाे निर्देशनमा चल्नुभयो (भिडिओ)
प्रवक्ता महतको दाबी- कांग्रेस संसदीय मर्यादामा बस्ने हो, कसैले कसैलाई दुव्यर्वहार गरेको छैन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरले पार्टीको निर्देशनमा अघि बढेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाकेलको स्थितिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुखले संसदीय अभ्यासविपरित कार्य गरेको बताए ।
उनले भने, ‘तलबाट नेताहरुले अगाडि बढा भन्ने माथि सभामुखले अगाडि बढाउने, विपक्षी दल वेलमा निस्किएको छ, अन्य दलका नेताहरु पनि आफ्नो सीटबाट उठिरहेका छन् । त्यसका बाबजुत उहाँले सभा सञ्चालन गर्न थाल्नुभयो त्यो चाहिँ हाम्रो संसदीय इतिहासमा अनौठो कुरा हो । यो संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण हो ।’
उनले कांग्रेस संसदीय मर्यादामा बस्ने पार्टी भएकाले कसैले कसैलाई दुव्यर्वहार नगरेको दाबी गरे ।
काँग्रेस दिल्लीको टट्टु हो । उसकै निर्देशनमा चलिरहेको छ ।