कांग्रेसबाट सभामुख, प्रधानमन्त्री र एमाले अध्यक्षमाथि दुर्व्यवहार भयो, माफी माग्नुपर्छ : माधव सापकोटा (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सिनियर नेताहरुबाटै असंसदीय व्यवहार भएको भन्दै माफी माग्नुपर्ने बताएका छन् ।
संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङलगायत सिनियर नेताहरुबाटै एमाले अध्यक्ष केपी शर्मा अोलीमाथि दुर्व्यवहार भएको बताए ।
बैठक स्थगनपछि सभामुखको बाटो छेकेर दुव्र्यवहार गरिएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले तपाईंहरु सभ्य हुनुस् भन्दा प्रधानमन्त्रीमाथि पनि दुर्व्यवहार भएको सापकोटाले बताए । गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेपछि बोल्न पाउनुपर्ने कुरा आफूहरुको रहेको उनले बताए ।
काँग्रस सिध्याउने अभियानमा लागौं ।