संसदमा कसरी आयो धकेलाधकेलको अवस्था ? हेर्दा जे देखियो
काठमाडौं । बिहीबार साँझ ६ बजे प्रतिनिधि सभाको बैटक सभामुख देवराज घिमिरेले सुरु भएको जानकारी गराउने वित्तिकै प्रमुख प्रतिपक्ष दलका सांसद नाराबाजी गर्दै रोष्टममा पुगिहाले । नारबाजीकै बीचमा सभामुखले शून्य र विशेष समय नरहेको जानकारी गराए ।
सभामुखले संसदका धेरै काम कारवाही रोकिएका भन्दै राष्ट्रपति कार्यालयबाट आएका पत्र सुनाउनुपर्ने, अध्यादेशबाट आएको कानून पेश गर्नुपर्ने, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नुपर्ने जरुरी काम रोकिएको जानकारी गराउदैँ नाराबाजी गरिरहेका सांसदलाई बस्नका लागि आग्रह गरे ।
नाराबाजी नरोकिएपछि सभामुखले राष्टपति कार्यालयबाट आएका पत्र पढेर सुनाउने जानकारी गराए । सभामुखले यस्तो जानकारी गराएपछि आफ्नो सिटमा बसेका राष्टिय प्रजातन्त्र पार्टीका सांसदले पनि बिरोध जनाए । नाराबाजी भइरहदाँ पनि सभामुखले नारबाजीकै बिचमा खाद्य स्वच्छता सम्बन्धी विधेयक राष्टपतिबाट प्रमाणीकरण भएको पत्र पढेर सुनाए ।
प्रतिपक्ष दलका सांसदले नाराबाजी गरिरहदाँ सत्तारुढ दलका सांसदले ताली बजाए । त्यसपछि सभामुखले राष्टपति कार्यालयबाट आएको पत्र सुनिनेगरी र बुझिनेगरी पढेर सुनाउने भन्दै दोस्रो पत्र पढ्ने तरखर गरे । नाराबाजी धेरै भएपछि केहि समय सभामुख मौन बसेर सुनिरहे । प्रमुख प्रतिपक्ष दलको नाराबाजी संसदमा चर्को स्वरमा घन्कीरह्यो ।
करिब चार मिनेट मौन भएर नाराबाजी सुनिसकेपछि सभामुखले राष्टपति कार्यालयबाट प्राप्त भएको दोस्रो पत्र पढेर सुनाए । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदिव यादव र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हसिना खान नियुक्त भएको पत्र पढेर सुनाए । सभामखुले दोस्रो पत्र पनि बढेर सुनाईसक्दा प्रतिपक्ष सांसद नाराबाजी गरिरहे भने सत्तारुढ दलका सांसदले ताली बजाए ।
त्यसपछि सभामुखले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानले प्रतिनिधि सभाको बैठकमा उठेका विषयका सम्बन्धमा बोल्नका लागि समय माग गरेको भन्दै उनलाई बोल्नका लागि समय दिनुपर्ने भन्दै लामिछानेलाई बोल्नका लागि समय उपलब्ध गराए । त्यसपछि प्रमुख प्रतिपक्ष दलका सांसदले झनै नाराबाजी र विरोध जनाउन थाले । प्रतिपक्षको नाराबाजी र विरोध बढेपछि सत्तापक्षका सांसद पनि आआफ्नो ठाउँबाट उठे ।
लामिछाने सत्ता पक्षको रोमा बसेकाले उनी बोल्नका लागि रोष्टममा जान रोक्नका लागि प्रमुख प्रतिपक्ष दलका सांसद सत्तापक्षकै ‘रो’मा नजिकै आएर धारे हात हानेर विरोध जनाउन थाले । काँग्रेस सांसद गुरुङ उपसभामुखको सिटमा नै आएपछि सत्तारुढ नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओली उपसभामुख इन्दिरा रानामगर र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छिचोलेर काँग्रेसका सांसद धनराज गुरुङ भएतिर अघि बढे ।
जब ओलीले गुरुङलाई कोट्याएर उपसभामुखको सिटमा किन आएको भन्दै प्रश्न गरे, त्यसपछि कांग्रेस सांसद गुरुङ झन आक्रोशित हुदैँ ओलीतर्फ नै धारे हात लगाउदैँ नारा जुलुश चर्काे स्वरमा लगाउन थाले । त्यसपछि नजिकै रहेका एमाले सांसद सुर्य थापा बोल्न थाले ।
उपसभामुख रानामगर र सञ्चारमन्त्री शर्माले पनि बिवाद रोक्न खोजिन् । जब काँग्रेस सांसद गुरुङ उफ्रिँदै ओलीलाई धारे हात हान्दै नारबाजी तथा बिरोध गर्न थाले, ओली भन्दा पछाडी रहेका एमाले साँसद ठाकुर गैर पनि गुरुङसँग बाझिन थाले । बाझाबाझ नै हुन थालेपछि पछाडीबाट नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला धकेलाधकेल गर्दै विवादको बिचमा छिरेर ओलीको पक्षबाट बाझाबाझ गर्न थाले ।
त्यसपछि धकेलाधकेल तथा ठेलमठेकल सुरु भइहाल्यो । एमाले सांसद दामोदर बैरागी पनि बाझिन थाले । काँग्रेस सांसद डा.प्रकाशशरण महत भने बिचैमा आएर रोक्न प्रयासमा लागे । त्यसपछि धकेला धकेल तथा ठेलमठेल तथा बिवाद झन चर्किन थाल्यो ।
त्यसपछि सभामुख घिमिरेले आत्तिदै बिहीबारको बैठकका सबै कार्यसूची हटेको जानकारी गराए । लगत्तै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
भाइलाई धारे हात कस्तोलाई भन्छन् थाहै रैनछ। अरु के भन्नु, के पढ्नु ।