दोस्रो पुनः एकीकरणमार्फत कोरिया रिटर्न महिलालाई किम्ची र गिमम्वा बनाउने तालिम – Nepal Press

दोस्रो पुनः एकीकरणमार्फत कोरिया रिटर्न महिलालाई किम्ची र गिमम्वा बनाउने तालिम

काठमाडौं । दोस्रो पुनः एकीकरण परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरूलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको छ । काठमाडौंमा दोस्रो ‘पुनः एकिकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको हो ।

नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी(कोइका) र कोरियाको मानव संशाधन विकाससँगको सहकार्ययमा ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजना सुरु गरिएको हो ।

जुन सन् २०२८ सम्म सञ्चालन हुने छ । गत बैसाख १८ गते पहिलो ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ गरिएको थियो । भने, उक्त परियोजनाकै दोस्रो पुनः एकिकरण तालिम कोरिया रिटर्न महिलाहरुलाई प्रदान गरिएको हो ।

बिहीबारकाे दोस्रो पुन एकिकरणमा जंग यो ठीकले कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिवाव बनाउन सिकाइन् । महिलाहरुलाई नेपालमा सजिलै उपलब्ध हुने रायो र मुलाबाट उक्त किम्ची र गिवाव बनाउन सिकाइएको थियो ।

नेपाल फर्किएका र फर्कन चाहानेहरका लागि मार्गदर्शका रुपमा बनाइएको पुनः एकिकरण परियोजनाले ८ सयभन्दा बढीलाई तालिम तथा प्रशिक्षण प्रदान गरि स्वरोजगार दिने लक्ष्या लिएको छ ।

कोरियाबाट नेपाल फर्किएका र फर्कन चाहनेहरूका लागि यो पुनः एकीकरण सम्बन्धि परियोजनाले नेपाल फर्किएकाले के गर्ने ? नेपालमा सम्भावना के छ? कसरी स्वरोजगार बन्ने ?कसरी रोजगारी सृजना गर्नै ? कसरी गर्ने ? के कस्ता सुविधा छन ? तथा कोरियाको सिपलाई नेपालमा आएर सदुपयोग गर्न सम्बन्धी प्रशिक्षण दिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर