हज यात्रीलाई बिदाई गरे श्रममन्त्री अर्यालले – Nepal Press

हज यात्रीलाई बिदाई गरे श्रममन्त्री अर्यालले

काठमडौं । हज यात्राको लागि साउदी अरब जाने टोलीलाई शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् । शुक्रबार तेस्रो समूहमा १५२ जना यात्री हजका लागि साउदी प्रस्थान गरेका छन् ।

एअर अरेबिया एयरलाईन्स मार्फत हज यात्री युएईको शारजहाँ हुँदै साउदी पुग्नेछन् । हजयात्रामा जाने यात्रुलाई यात्रा सफलताको शुभकामना दिदै श्रममन्त्री अर्यालले बिदाई गरेका हुन् ।

हिजरी संवत् १४४५ को हजका लागि गत बुधबार पहिलो समूहमा १५० जना साउदी अरब प्रस्थान गरिसकेका छन् । त्यस्तै दोस्रो समूहमा विहीबार विहान १५० जना साउदी प्रस्थान गरी सकेका छन् ।

आइतबार राती दुई बजे चौथो समूहमा १४८ जना साउदी प्रस्थान गर्नेछन् भने आइबार विहान नै अन्तिम समूहमा १६४ जना हजका लागि साउदी प्रस्थान गर्नेछन् ।

यो बर्ष ७६४ जना हजयात्री साउदी जाने भएका छन् । जसमध्ये १० जना प्रतिनिधिमण्डल छन् । साउदीको मक्का मदिनालाई इस्लाम धर्मालम्बीको सबैभन्दा ठूलो तीर्थ मानिन्छ । प्रत्येक वर्ष नेपालबाट हज यात्राका लागि जाने गरेका छन् । हज यात्राले पाप नष्ट भै स्वर्गको प्राप्ती हुने विश्वास रहँदै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर