प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु
नेपाल प्रेस
२०८१ जेठ ६ गते १२:१०
कैलाली । कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।
भन्सार छलीका सामानसहित ३ गते पक्राउ परेका धनगढी गाउँका ३५ वर्षका बुद्धिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
हिरासतमा रहेका चौधरी एक्कासि बेहोस भएपछि प्रहरीले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर