इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने बाटो
प्रविधिमा भइरहेको द्रुत विकास र त्यसले उत्पादन सम्बन्धमा ल्याएको परिवर्तनले २१औं शताब्दीमा इन्डस्ट्री ४.० र सोसाइटी ५.० को बहसलाई अग्रपंक्तिमा राखेको छ । प्रत्येक औद्योगिक क्रान्तिले उत्पादन सम्बन्धलाई फेरेको छ र उत्पादन सम्बन्धमा आएको परिवर्तनले श्रम सम्बन्धमा पनि परिवर्तन ल्याएको छ । फेरिएको उत्पादन सम्बन्ध र श्रम सम्बन्धलाई व्यवस्थित गर्न प्रत्येक औद्योगिक क्रान्तिसँगै समाजवादी आन्दोलनले आफ्नो स्वरुप र मुद्दाहरूमा परिमार्जन गरेको इतिहास हामीमाझ लुकेको छैन । मुख्य रूपमा विभिन्न औद्योगिक क्रान्तिका स्वरुप, त्यसबेलाका समाजवादी आन्दोलनको अवस्था र हालको इन्डस्ट्री ४.० मा समाजवादी आन्दोलनले लिनुपर्ने नीतिहरूमा यो लेख केन्द्रित रहेको छ ।
इन्डस्ट्री १.० या यान्त्रीकरणको युग
इन्डस्ट्री १.० लाई पहिलो औद्योगिक क्रान्तिको रूपले चिनिन्छ, जसको उदय १८औं शताब्दीको अन्ततिर भएको थियो । स्टिम इन्जिनको विकाससँगै यस क्रान्तिले गति लिएको बुझ्न सकिन्छ । स्टिम इन्जिन थोमस सेभरीद्वारा सन् १६९८ मा आविष्कार गरिएको थियो, तर १८औं शताब्दीमा जेम्स वाटद्वारा यसमा धेरै सुधार ल्याइएपछि यो औद्योगिक प्रयोगहरूको लागि व्यवहारिक बन्न पुग्यो ।
यस समयमा मानव र जनावरको श्रममा आधारित कृषि अर्थतन्त्रबाट यान्त्रीकरण र वाष्प शक्तिद्वारा सञ्चालित औद्योगीकरणतर्पm समाजले फड्को मारेको देखिन्छ । यस समयको मुख्य आविष्कारहरूमा स्टिम इन्जिन, मेकानाइज्ड कपडा उत्पादन, फलाम र कोइलाको प्रयोगलाई मान्न सकिन्छ । ठूलो मात्राको उत्पादनका लागि कारखानाहरू केन्द्रीकृत हुन थाले ।
इन्डस्ट्री १.० समयमा कपडा उद्योगमा महत्वपूर्ण परिवर्तनहरू देखापरे । उदाहरणका लागि कपास कात्नुको यान्त्रीकरण हो । जेम्स हग्रिभ्सले सन् १७६४ मा स्पिनिङ जेनीको आविष्कार गरे, जसले पारम्परिक हातले कताइ गर्ने विधिहरूको तुलनामा उत्पादकत्व बढाउँदै एकैसाथ धेरै थ्रेड कात्न सक्थ्यो । यस समयको अर्को उदाहरण अन्न पिसाउन पानीबाट चल्ने मिलहरूको आविष्कार हो ।
इन्डस्ट्री २.० या ठूलो मात्राको उत्पादनको युग
इन्डस्ट्री २.० लाई दोस्रो औद्योगिक क्रान्तिका रुपमा लिइन्छ । यसको सुरुवात १९औं शताब्दीको अन्ततिर भएको थियो । यस समयमा बिजुली, एसेम्बली लाइन र ठूलो मात्राका उत्पादन प्रविधिहरू अपनाउने क्रम बढेको पाइन्छ । इन्टरनल कम्बश्चन इन्जिन, स्टिलको उत्पादन र टेलिग्राफ जस्ता आविष्कारहरूले औद्योगीकरण र विश्वव्यापीकरणलाई थप गति दिएको पाइन्छ । बिजुलीले कारखानाहरू दिन र रात नभनी चौबीसै घण्टा चल्नसक्ने अवस्था भयो । उत्पादनमा एसेम्बली लाइनको प्रयोगले उत्पादकत्व र गति दुबै बढायो ।
इन्टरनल कम्बश्चन इन्जिन, स्टिलको उत्पादन र टेलिग्राफ जस्ता आविष्कारहरूले औद्योगीकरण र विश्वव्यापीकरणलाई थप गति दिएको पाइन्छ । बिजुलीले कारखानाहरू दिन र रात नभनी चौबीसै घण्टा चल्नसक्ने अवस्था भयो । उत्पादनमा एसेम्बली लाइनको प्रयोगले उत्पादकत्व र गति दुबै बढायो ।
हेनरी फोर्डले सन् १९१३ मा एसेम्बली लाइनको प्रयोगले उत्पादन समय र लागतलाई उल्लेखनीय रूपमा घटाएर अटोमोबाइल निर्माणमा क्रान्ति ल्याएका थिए । फोर्डको मोडेल ‘टी’ पहिलो किफायती ठूलो मात्रामा उत्पादित अटोमोबाइल बन्यो, जसले यातायात र उपभोग गर्ने संस्कृति परिवर्तन गर्यो ।
इन्डस्ट्री ३.० या डिजिटल क्रान्तिको युग
तेस्रो औद्योगिक क्रान्तिका रुपमा चिनिएको इन्डस्ट्री ४.० को प्रमुख विशेषताका रुपमा डिजिटलाइजेसन रहन पुग्यो । यस युगको सुरुवात २०औं शताब्दीको अन्ततिर भएको पाइन्छ । यस समयमा उत्पादकत्व र गति बढाउन कम्प्युटर, इलेक्ट्रोनिक्स र स्वचालित यन्त्रहरूको व्यापक रुपमा प्रयोग भएको पाइन्छ । यस समयका मुख्य आविष्कारहरूमा प्रोग्रामेबल लजिक कन्ट्रोलर (पीएलसी), कम्प्युटर-एडेड डिजाइन (क्याड) र रोबोटिक्सलाई लिन सकिन्छ । यस युगमा सूचना प्रविधि र इन्टरनेटको उदय पनि समावेश छ ।
कम्प्युटर र इलेक्ट्रोनिक्सको उदयले उत्पादनमा स्वचालन र डिजिटल डाटाको प्रयोग हुन थाल्यो । सामानहरू कसरी डिजाइन, नियन्त्रण र सञ्चार गर्ने भन्ने विषयमा यसले क्रान्ति नै ल्यायो । सेमिकन्डक्टर उद्योगले इन्डस्ट्री ३.० को प्रगतिको उदाहरण प्रस्ट पार्छ । इन्टिग्रेटेड सर्किट (आईसी) र माइक्रोप्रोसेसरहरूको विकासले कम्प्युटर, स्मार्टफोन र उपभोग्य इलेक्ट्रोनिक्स जस्ता इलेक्ट्रोनिक उपकरणहरूको लघुकरण र ठूलो मात्राको उत्पादनलाई सक्षम बनायो ।
इन्डस्ट्री ४.० या स्मार्ट निर्माणको युग
चौथो औद्योगिक क्रान्तिलाई इन्डस्ट्री ४.० का रुपले चित्रण गर्ने गरिन्छ । २१औं शताब्दीबाट सुरु भएको यो हालको अवस्था हो । डिजिटल प्रविधिहरू, अटोमेशन र डाटा एनालिटिक्सको समीश्रणमा स्मार्ट फ्याक्ट्रीहरु र सप्लाइ चेनको निर्माण गरिएको हुन्छ । इन्डस्ट्री ४.० मा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले ‘रियलटाइम अप्टिमाइजेशन’मा सक्षम स्वायत्त उत्पादन प्रणाली सम्भव हुन्छ । थ्रीडी प्रिन्टिङ र स्वचालित गाडीहरु इन्डस्ट्री ४.० का केही आविष्कारमध्येमा पर्छन् ।
औद्योगीकरणको विस्तारसँगै श्रम शोषणमा पनि तीव्रता आउन थाल्यो । दोस्रो औद्योगिक क्रान्तिको समयमा समाजवादीहरूले श्रम अधिकार, कामको अवस्थामा सुधार र सामाजिक असमानतालाई सम्बोधन गर्न सरकारी हस्तक्षेपको वकालत गरे ।
स्मार्ट कारखानाहरूमा मेसिन, सेन्सर र उत्पादन प्रणालीहरू आईओटी अर्थात् इन्टर्नेट अफ थिंग्समार्फत एक-अर्कासँग जोडिएका हुन्छन्, जसले वास्तविक-समय अनुगमन, डेटा सङ्कलन र विश्लेषणलाई सक्षम बनाउँछ । यसले भविष्यमा कुन समयमा मर्मत आवश्यक पर्छ, त्यसको आँकलन आजै गर्नसक्ने अवस्था, चाहिएको समयमा उत्पादनलाई सक्षम बनाउने र आवश्यकअनुसार उत्पादनलाई परिमार्जन गर्नसक्ने कुरालाई सम्भव बनाउँछ ।
पहिलो औद्योगिक क्रान्तिको समयमा, कठोर कार्य अवस्था र कारखानाहरूमा श्रम शोषणको प्रतिक्रियाको रूपमा समाजवादले आकार लिन थाल्यो । यस समयमा कार्ल माकर््स र फ्रेडरिक एंगेल्स जस्ता समाजवादी विचारकहरूले उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र सम्पत्तिको पुनर्वितरणको लागि तर्क गर्दै पूँजीवादी व्यवस्थाविरुद्ध विचार प्रतिपादन गरे । तिनै विचारले आज पनि समाजवादी आन्दोलनको जगको रुपमा काम गरिरहेको छ ।
औद्योगीकरणको विस्तारसँगै श्रम शोषणमा पनि तीव्रता आउन थाल्यो । दोस्रो औद्योगिक क्रान्तिको समयमा समाजवादीहरूले श्रम अधिकार, कामको अवस्थामा सुधार र सामाजिक असमानतालाई सम्बोधन गर्न सरकारी हस्तक्षेपको वकालत गरे । केही देशहरूमा समाजवादी पार्टीहरूले शक्ति आर्जन गरे र राज्य सत्तामा स्थापित भएर विभिन्न कल्याणकारी कार्यक्रम लागू पनि गरे । उदाहरणका लागि यस अवधिमा युरोपमा समाजवादको उदयले सामाजिक लोकतान्त्रिक पार्टीहरूको स्थापना र विश्वव्यापी स्वास्थ्य सेवा र सार्वजनिक पेन्सन जस्ता नीतिहरूको कार्यान्वयनको नेतृत्व गर्यो ।
तेस्रो औद्योगिक क्रान्तिको अवधिमा समाजवादी आन्दोलनले मजदुर अधिकार र सामाजिक संरक्षणको आवश्यकतालाई जोड दियो । ट्रेड युनियनहरू र समाजवादी पार्टीहरूले स्वचालनको प्रयोग र परम्परागत उत्पादन तरिकाको पतनबाट उत्पन्न चुनौतीहरूलाई सामना गर्न उचित ज्याला, राम्रो कामको अवस्था र रोजगारी सुरक्षाको वकालत गरे । यस अवधिमा कल्याणकारी राज्यहरुको स्थापना पनि हुन थाल्यो र लोककल्याणकारी राज्यको सफलताको बहस विश्वभरिनै फेलियो ।
सरकारले उदीयमान प्रविधि र उद्योगहरूको नियमनमा विशेष हस्तक्षेप गर्नुपर्ने आवश्यक देखिन्छ । कृत्रिम बुद्धिमता जस्तो प्रविधिमा आएको विकासले तेस्रो औद्योगिक क्रान्तिभन्दा पनि उच्च तवरको समस्या श्रमको क्षेत्रमा देखिने निश्चित प्राय छ ।
चौथो औद्योगिक क्रान्तिको अवस्थामा समाजवादी आन्दोलनले सम्पत्ति पुनर्वितरण, प्रगतिशील कर, विश्वव्यापी आधारभूत आय र निर्णय प्रक्रियामा श्रमिकको सहभागिता जस्ता नीतिहरूको वकालत गरिरहेको पाइन्छ । सरकारले उदीयमान प्रविधि र उद्योगहरूको नियमनमा विशेष हस्तक्षेप गर्नुपर्ने आवश्यक देखिन्छ । कृत्रिम बुद्धिमता जस्तो प्रविधिमा आएको विकासले तेस्रो औद्योगिक क्रान्तिभन्दा पनि उच्च तवरको समस्या श्रमको क्षेत्रमा देखिने निश्चित प्राय छ । श्रम सम्बन्धमा आउने परिवर्तनसँगै यसले समाजवादी आन्दोलनको स्वरूपमा पनि परिमार्जनको आवश्यकता झल्काउँछ । इन्डस्ट्री ४.० र सोसाइटी ५.० को उदयसँगै समाजवादी आन्दोलनले निम्न बुँदाहरूलाई आत्मसात गर्न अत्यावश्यक भइसकेको छ-
- स्वचालन र कृत्रिम बुद्धिमताका कारण रोजगारीको विस्थापनलाई सम्बोधन गर्ने नीतिहरूको वकालत अबको समाजवादी आन्दोलन गर्नु आवश्यक छ । क्षमता अभिवृद्धि तालिमहरू, न्यूनतम आयको ग्यारेन्टी र विश्वव्यापी आधारभूत आम्दानीको प्रवर्द्धन यसका केही उपाय हुन सक्छन् ।
- प्रविधिको विकासले सृजना गर्ने सम्पत्तिले सम्पूर्ण समाजलाई फाइदा पुर्याउने किसिमको नीतिका लागि वकालत गर्नुपर्छ । प्रगतिशील कर एउटा उदाहरण हुन सक्छ ।
- गिग अर्थ व्यवस्था अर्थात् प्लेटफर्ममा आधारित कामदारहरूको उचित ज्याला, जागिरको सुरक्षा र युनियन अधिकारको मुद्दा अबको समाजवादी आन्दोलनको हुन सक्छ ।
- सहकारी मोडेल आजभन्दा बढी आवश्यक पहिले कहिल्यै थिएन होला । नाफाको निष्पक्ष वितरण सुनिश्चित गर्न श्रमिक सहकारी र कर्मचारीहरूको स्वामित्वमा रहेका व्यवसायहरूको मोडेल समाजवादी आन्दोलनले अझ जोडदारका साथ उठाउन आवश्यक छ ।
- द्रुत प्राविधिक परिवर्तनद्वारा विस्थापितहरूलाई समर्थन गर्ने किसिमको सामाजिक सुरक्षाको नीतिको वकालत गर्न आवश्यक छ ।
- निःशुल्क र पहुँचयुक्त शिक्षा तथा प्रशिक्षण, जसले मानिसहरूलाई प्राविधिक रूपमा उन्नत समाजमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्छ, त्यस्तो मुद्दाको वकालत आवश्यक छ ।
- जनचेतना र मिडिया (आमसञ्चार र सामाजिक सञ्जाल)मार्फत श्रमिक र समुदायहरूमा इन्डस्ट्री ४.० र सोसाइटी ५.० को प्रभावबारे सचेतना जगाउनु पनि समाजवादीहरूको दायित्व हो ।
समग्रमा भन्नुपर्दा इन्डस्ट्री ४.० र सोसाइटी ५.० मा प्राविधिक प्रगतिले सृजित लाभहरू समान रूपमा वितरण गरी न्यायपूर्ण र समावेशी समाजतर्फको यात्राको लागि समाजवादी आन्दोलनले आफू र आफ्ना मुद्दालाई समायोजन गर्न आवश्यक छ । जुन गतिमा प्रविधिको विकास र समाजमा परिवर्तन भइरहेको छ, त्यही गतिमा समाजवादी आन्दोलनले आफ्नो मुद्दालाई समायोजन र परिमार्जन गर्न सकेन भने आउँदा दिनहरू डाटा क्यापिटलिजममा आधारित सामन्तवादले नेतृत्व नगर्ला भन्न सकिन्न ।
(लेखक नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् ।)
सरल शब्दावलीबाट गहन बिषयमा स्पष्ट गरिएको लेख ।