चिनियाँ कम्प्युटर मनिटरमा डेल कम्पनीको लोगो राखेर बिक्री गर्ने न्यूरोडका २ जना व्यापारी पक्राउ (भिडिओ)
नेपाल प्रेस
२०८१ जेठ ६ गते १६:११
काठमाडौं । चिनियाँ कम्प्युटर मनिटरमा चर्चित डेल कम्पनीको लोगो राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र व्यापारी उमेश मुडभरीलाई पक्राउ गरेको छ ।
प्रहरीले अग्रवालको गोदामबाट २ सय ५३ थान मनिटर बरामद गरेको छ । यस्तै, मुडभरीको पसलबाट ६ थान मनिटर बरामद भएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर