रविको सम्बाेधनबारे गगनको टिप्पणी- गृहमन्त्री भन्ने बिर्सिएर टिभी प्रस्तोता देखिनुभयो (भिडिओ)
‘फाइल खोल्दिउँ भनेर धम्काउने होइन, खोलेर देखाउनुस्’
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन् । आज संसद वैठक स्थगन भएलगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरे ।
गृहमन्त्रीले सांसदलाई र देशको नागरिकलाई बहकाउन खोजेको थापाको आरोप छ । आज गृहमन्त्रीले बोलेपछि आफूहरुले बोल्न नपाएकाले पत्रकार सम्मेलन गरेको उनले बताए ।
गगनको टिप्पणीको एक अंशः
पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम… भन्नुहुन्थ्यो । कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो । कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो । आज मलाई गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने आज मलाई अलिकति अलमल भयो । गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो ।
टिभी प्रस्तोता हुँदा त प्रश्नहरु सोध्नु, विषयहरु उठाउनु स्वभाविक हो । तर गृहमन्त्री त ठूलो जिम्मेवारी हो नि । त्यसमाथि पनि उपप्रधानमन्त्री । आज मैले उहाँले बोल्दै गर्दा यसो सुनिरहेको थिएँ, म तेरो फाइल खोल्दिउँ ? अनुसन्धान गर्दिउँ ? मेरो गर्छु भन्छस भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त ? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि । फाइल खोलेर देखाउनु, धम्काउने होइन ।
उहाँहरु अर्को एउटा कुरामा एकदम अल्मलिनुभएको पाएँ । यसमा पनि समिति, त्यसमा पनि समिति बनाउने भन्ने । गृहमन्त्री नै यसमा समिति, त्यसमा समिति बनाउँ भनिरहनु भएको छ । म भन्छु, ल बनाउँ । जुन जुन विषयमा समिति बनाउँ भन्नुभएको छ । सबैमा बनाए हुन्छ । अनि के भन्नुभयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । तपाईं बस्नै पर्दैन । तपाईंको काम एमालेले गर्छ । एमालेले सहकारी र तपाईंहरुले गिरीबन्धु नउठाउने समझदारी भएकै छ ।
रविको लेक्चर र कांग्रेशको मगज !!
======================
१. मगज भएका थिए सदनमा कान्ग्रेशी कोहि भने सायद भोलिबाट कि रविको ‘मगज हल्लाउने’ लेक्चर सुनेर अब ज्ञानी बन्छु भन्दै बाहिरिए होला, भोलिबाट देशको लागि अलिकत्ति मात्र भए पनि विचार बोक्ने अभ्यास गर्लान !!
२. तर उही ‘घडी चोर’, ‘बाख्रा चोर’ रातो पासपोर्ट चोर वा त्यस्तै जन्मजात ठगी धन्दा चलाएकाहरु त्येत्तिनै बुद्धि भएका मात्रछन् भने ‘रविले भनेर हुन्छ’ ? “आफुले सिकेको, अभ्यास गरेको र बानी परेको, यत्रो लाभ दिने कुरा को छोड्छ” भन्दै उफ्री पाफ्री जारि राख्ने छन् !!!
भोलि सम्म कुरम !!
३. तर सम्झ है नेपाली जनता :: इतिहासको ब्याज खाएर, बिपी. केपी. जीपी को कुरा गरेर परिवर्तन हामीले ल्याएको भन्दै अहिलेका चतुरेहरुले ठगी धन्दा चलाएकै भएर देशको हालत यो भएको छ, अझै यस्तै भै रहेको चाहन्छौ कि अवस्था परिवर्तन चाहन्छौ : दुनियाले देखेको अवस्था परिवर्तन गर्न हुने पर्ने त्यो ठगी कांग्रेश सकिनु पर्छ :: मिसन ८४ : कांग्रेश मुक्त देश !!!
sahi ho
के बोल्छौ तिमीहरू अब पनि । दुलोमा लुक अब । राजनीति छोडिदेओ ।
देश विरूद्व गद्दारी गर्नेलाई त त्योभन्दा पनि तल ओर्लिएर गालीदिनुपर्ने ।
Aba runu 🐐 ji