एलन मस्कले गरे इन्डोनेसियामा ‘स्याटलाइट इन्टरनेट’ सुरु
काठमाडौं । एलन मस्कले इन्डोनेसियामा ‘स्टार लिङ्क स्याटलाइट इन्टरनेट’ लन्च गरेका छन् ।
विश्वका धनाड्य तथा टेस्काका कम्पनीका मालिक एलन मस्कले इन्डोनेसियामा स्टार लिङ्क स्याटलाइट इन्टरनेटको सुरु गरेको ‘द इपोक टाइम्स’ ले उल्लेख गरेको हो ।
इन्डोनेसियाको प्रान्तीय राजधानी डेनपसारमा एलन मस्कले स्टार लिङ्क स्याटलाइट इन्टरनेटको उद्घाटन गरेका हुन् ।
द इपोक टाइम्सका अनुसार इन्डोनेसियाले वर्षैदेखि दुर्गम क्षेत्र तथा टापुहरूमा स्याटलाइट इन्टरनेटका लागि एलन मस्को कम्पनी टेस्ला र स्पेस एक्ससँग सहयोगका लागि प्रयास गरिरहेको थियो ।
जसमा स्टार लिङ्कले लामो परीक्षणपछि उक्त इन्टरनेट सुरु गरेको हो ।
पृथ्वीको तल्लो अर्बिटबाट इन्टरनेट सेवा दिने विश्वको पहिलो र सबैभन्दा ठूलो स्याटलाइटको रूपमा स्टालिंकलाई लिइएको छ ।