कानूनमन्त्री गिरीको सम्पत्ति- बैंकमा १ लाख, २३ तोला सुन
नेपाल प्रेस
२०८१ जेठ ८ गते १६:३५
काठमाडौं । कानून मन्त्री पदम गिरीले सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो ।
नेकपा एमालेबाट मन्त्री बनेका गिरीको पर्वतमा ७ आना जग्गा रहेको छ। त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
उनले आफूसँग २३ तोला र पारिश्रमिकबाट आएको १ लाख बैंक खातामा रहेको उल्लेख गरेका छन् । न्यू ऐरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख लगानी गरेको उल्लेख गरेका छन् ।
यस्तै, नेपाल बैंकबाट ४० लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर