कान्तिपुर कार्यालयबाट कैलाश सिरोहिया पक्राउ
नेपाल प्रेस
२०८१ जेठ ८ गते १८:३१
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका थिए ।
तस्बिर स्रोत : कान्तिपुर ।
प्रतिक्रिया
सम्बन्धित खवर