पत्रकार महासंघको शीर्ष टोली कान्तिपुर पुग्यो, सिरोहिया पक्राउको निन्दा
काठमाडौं । नेपाल पत्रकार महासंघ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा उत्रिएको छ । प्रहरीले सिरोहियालाई पक्राउ गर्ने क्रममा महासंघका अध्यक्षसहितको टोली कान्तिपुरको कार्यालयमा नै पुगेका छन् ।
कान्तिपुरका संवाददातालाई प्रतिक्रिया दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विधि र तौरतरिका विपरीत सञ्चारगृहमा प्रवेश गरेर सिरोहियालाई बलजफ्ति पक्राउ गरिएको बताए ।
उनले भने, ‘यो निन्दनीय छ । प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई यसरी बलजफ्ति गर्नु भनेको मिडिया जगतलाई नै आतंकित गर्ने प्रयास हो । मिडिया हाउसभित्र प्रहरीको प्रवेश राम्रो मानिँदैन ।’
पोखरेलले थपे, ‘प्रतिष्ठित मान्छेलाई अनुसन्धानका लागि बोलाउँदा आफू पनि जानुहुन्थ्यो होला । राज्यको असल अभ्यासको अपेक्षा गर्नेहरू आज निराश भएका छन् । ‘
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यो पक्राउको विरोधमा महासंघ उत्रिने बताए ।
मिडया चलाएकै कारण कसैले गरेको अपराध क्ष्यम्य हुन्छ ? यी पत्रकार हुन् कि शिरोयियाका भरौटे ? निष्पक्ष छानबिन गर पो भन्ने हो । पत्रकारको बिल्ला भिरेपछि जे अपराध गरे पनि छुट हुने हो भने त्यस्ता पत्रकारलाई निषेध गर्नुपर्छ ।