राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट, संसदको गतिरोधको बारेमा चासाे
नेपाल प्रेस
२०८१ जेठ ११ गते ९:००
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।
सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुबै संदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको छ ।
प्रतिक्रिया