बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्ष छलफलमै
नेपाल प्रेस
२०८१ जेठ ११ गते १८:०५
काठमाडौं । सदनको जारी गतिरोध हटाउन विषयमा बालुवाटारमा बसेको बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन्।
कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।
बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक रुपमा अघि बढेको बताए।
प्रतिक्रिया