संसदबाट नीति तथा कार्यक्रम पारितको घोषणा, कांग्रेस नाराबाजी गरेको गर्यै
नेपाल प्रेस
२०८१ जेठ १३ गते १३:३०
काठमाडौं । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गरिरहेका कांग्रेस सांसद आज पनि नाराबाजीसहित रोष्टम घेर्न पुगेका थिए ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजेका लागि बोलाएका छन् ।
प्रतिक्रिया