इजरायली शहर तेल अभिभतर्फ हमासको रकेट हमला
नेपाल प्रेस
२०८१ जेठ १३ गते १८:४७
काठमाडौं । गाजाका सशस्त्र समूह हमासले इजरायलको राजधानी तेल अभिभतर्फ रकेट हमला लगेको छ । रुसी स्वामित्वको टेलिग्राम च्यानलमा हमासले हमला गरेको पुष्टि गरेको छ । बीबीसीका अनुुसार हमासले चार महिनामा गरेको यो पहिलो हमला हो ।
दक्षिणी गाजाबाट कम्तिमा आठ रकेटहरु तेल अभिभतर्फ प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले सबैजसो रकेट रोकिएको र कुनै घाइते नभएको दाबी गरेको छ ।
प्रतिक्रिया