द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता – Nepal Press

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आइतबार प्रभु बैँकका प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले र सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

द सोल्टी होटेल ग्रुप अन्र्तगत द सोल्टी होटेल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

विगत ५ दशक भन्दा बढि देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समुहले योगदान गर्दै आएको छ भने त्यसैगरी हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर