यी हुन् नेकपा एसको सचिवालय बैठकको ५ निर्णय – Nepal Press

यी हुन् नेकपा एसको सचिवालय बैठकको ५ निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको आठौँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालयको बैठकले दस्ताबेज तल्लो तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने बताए । बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको बताए ।

बैठकमा संंसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको संवादबारे छलफल भएको छ ।

बैठकमा अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लनिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जानेबारे छलफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर