जसपा नेपाल कोशीका कोषाध्यक्षसहित ११ जना निष्कासित, अशोक राईतिर लागेको आरोप – Nepal Press

जसपा नेपाल कोशीका कोषाध्यक्षसहित ११ जना निष्कासित, अशोक राईतिर लागेको आरोप

विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ११ जनालाई कारबाही गरेको छ । जसपाको विधान, घोषणा-पत्र, नीति, कार्यक्रमविरुद्ध गतिविधि गरेको ठहर गर्दै प्रदेश कोषाध्यक्षसहित ११ जनालाई सदस्यतासमेत नरहने गरी हटाइएको हो । उनीहरूमाथि भर्खरै फुटेर अशोक राई नेतृत्वको जसपामा लागेको आरोप छ ।

जसपा नेपालको पार्टी विधानको धारा १३ को (६), धारा १२७ को (१), (७) र (११), धारा १२८ को (१) र (९) बमोजिम व्यक्तिहरुलाई आजकै मितिदेखि पार्टी सदस्यसमेत नरहने गरी निष्कासनसहितको कारबाही गरिएको प्रदेश अध्यक्ष दीपक याख्खाले बताए ।

जसपा नेपालले प्रदेश निर्वाचन आयोग अध्यक्ष विनोद तामाङ प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केवलराम राई प्रदेश कार्यकारिणी समिति सदस्य राम माण्डुपा राईलाई निस्कासन गरेको हो ।

यस्तै प्रदेश कार्यकारिणी समिति सदस्य मिना राई, प्रदेश सदस्य मनकला लावती प्रदेश सदस्य रिता राई, प्रदेश सदस्य सनम राजवंशी प्रदेश सदस्य लिलाबहादुर सुनुवार प्रदेश सदस्य गौरिमान राई र प्रदेश सदस्य मीरा कार्कीलाई कारबाही गरेको हो । उनीहरु जसपातिर लागेकाे आराेप  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर