उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
नेपाल प्रेस
२०८१ जेठ १५ गते १६:१०
काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
हलुका र धेरै मूल्य आउने वस्तुको उत्पादन गरेर विदेशमा निर्यात गर्ने नीति सरकारले लिएको उनले बताए ।
प्रतिक्रिया