रुचिअनुरुपको क्षेत्र र पेशा छनोट गर्न विद्यार्थीको लागि ‘करियर काउन्सिलिङ’ कार्यक्रम – Nepal Press

रुचिअनुरुपको क्षेत्र र पेशा छनोट गर्न विद्यार्थीको लागि ‘करियर काउन्सिलिङ’ कार्यक्रम

काठमाडौं । विद्यार्थीको रुचिअनुरुपका क्षेत्र र पेशा छनोट गर्न ‘करियर काउन्सिलिङ’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्यार्थीको रुचिअनुरुपका क्षेत्र र पेशा छनोट गर्न ‘करियर काउन्सिलिङ’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘उच्च सिक्षालाई अनुसन्धानमूलक नवप्रवर्तनमुखी र व्यवसायिक बनाइनेछ । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोट जिल्लामा दिइँदै आएको दिवा खाजा रकम बढाइएको छ । कक्षा ९ देखि १२ सम्म प्रदान गरिँदै आएको छात्रवृत्तिलाई बढाएर कक्षा ६ देखि नै विस्तार गर्न बजेट व्यवस्था गरिएको छ । विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिको लागि ६० करोड विनियोजन गरिएको छ ।’

उनले थपे, ‘६० बाट सिक्ने ६० लाई सिकाउने कार्यक्रम सञ्चालन गरी विद्यार्थीको सिकाइ अभिवृद्धि तथा शैक्षिक नेतृत्व विकास गरिनेछ । राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *