डिल्लीबजारमा ‘अत्याधुनिक सूचना प्रविधि हब’ का लागि बहुतले संरचना निर्माण गरिने – Nepal Press

डिल्लीबजारमा ‘अत्याधुनिक सूचना प्रविधि हब’ का लागि बहुतले संरचना निर्माण गरिने

काठमाडौं । सरकारले ‘अत्याधुनिक सूचना प्रविधि हब’ का लागि काठमाडौंको डिल्लीबजारमा बहुतले संरचना निर्माण गरिने भएको छ । आगामी आर्थिक २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौंको डिल्लीबजार स्थित स्थित चारखालमा ‘अत्याधुनिक सूचना प्रविधि हब’का लागि बहुतले संरचना निमार्ण गरिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले भने, ‘निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौंको डिल्ली बजार स्थित चारखालमा बहुतले संरचना निमार्ण गरिने छ । ललितपुरको खुमलटारमा ज्ञान पार्कमा स्थापन गर्न १७ करोड रुपैयाँ विनियोज गरिएको छ । उपलब्ध सकारी तथा निजि भवन उपयोग गरि उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधारहरुको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडी बढाइने छ । आइटी पार्कमा तीन वर्षसम्मका लागि ‘वर्क स्टेशन’ सञ्चालन गर्न निशुल्क स्थान प्रदान गरिने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *