नेपाल र युएईको खेल पनि दशरथ रंगशालामा नहुने – Nepal Press

नेपाल र युएईको खेल पनि दशरथ रंगशालामा नहुने

काठमाडौं । नेपालको फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल पनि दशरथ रंगशालामा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक स्टेटमेन्ट जारी गर्दै युएईसँग जुन ६ मा दशरथ रंगशालामा हुने भनिएको खेल नहुने जनाएको हो ।

एसियाली फुटबल महासंघले हालै गरेको निरीक्षणले दशरथ रंगशालामा पिचको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालाई हेरेर युएईसँगको खेल गराउन अस्वीकार गरेको हो । उक्त खेल साउदी अरेबियामा हुने एन्फाले जनाएको छ ।

‘साउदी अरेबिया फुटबल फेडेरेसन (साफ) को सहयोग र समर्थनमा हामीले खेल साउदी अरेबियामा खेल्ने व्यवस्था गरेका छौं। खेल अब स्थानीय समय अनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ’, स्टेटमेन्टमा भनिएको छ ।

यसअघि रंगशालाकै कारण बहराइनसँगको खेल पनि नेपालले घरेलु मैदानमा खेल्न पाएको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *