काठमाडौंलाई आइटी हबको रूपमा विकास गर्न खोजेका छौ : अर्थमन्त्री पुन (भिडिओ) – Nepal Press

काठमाडौंलाई आइटी हबको रूपमा विकास गर्न खोजेका छौ : अर्थमन्त्री पुन (भिडिओ)

काठमाडौं । नेपालको राजधानी काठमाडौंलाई आईटी हबको रूपमा विकास गर्न खोजेको बताएका छन् ।

बुधवार अर्थ मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौंलाई आइटी हबको रूपमा विकास गर्न खोजेको बताएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले भने, ‘आइटी हबको कुरालाई बजेटमा राखेका छौ । हेर्दा एकदमै महत्त्वाकाङ्क्षी देखिन्छ । १० वर्षमान ३० खर्बको आइटी व्यवसाय निर्यात गर्ने जुन लक्ष्य राखेका छौ । त्यो तथ्यमा टेकेरै राखेका हौ । आइटीबाटै ठुलो मार्केट बनाउन सक्ने कुरा सम्भव छ । बजेटका पाँच रूपान्तरण क्षेत्रहरूमा नयाँ राखिएको क्षेत्र भनेको आइटी क्षेत्र हो । बजेट सन्तुलित आएको छ भन्ने प्रतिक्रिया पाउँदा हामी सन्तुष्टि छौ । हामीले जिम्मेवारी बजेट तर्जुमा गर्छौ । बजेट बनाउँदा हामी निकै दबाबमा थियौ । गत वर्षको भन्दा तथ्यहरू मिलिरहेको थिएन । आम जनतामा आशा जगाउने प्रयत्न गरेका छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर