बजेटले दिएको मार्गदर्शनमा हुबहु हिँड्यौं भने आर्थिक रूपान्तरण सम्भव छः चन्द्र ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले बजेटले दिएको मार्गदर्शनमा हुबहु कार्यान्वयन भयो भने आर्थिक रूपान्तरण सम्भव रहेको बताएका छन् ।
बिहिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित बजेटमा समावेश विषयहरुमा अन्तरक्रिया कार्यक्रममाबोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई दिएको मार्गदर्शनमा हुबहु हिड्दा आर्थिक रूपान्तरण सम्भव रहेको बताएका हुन् ।
ढकालले भने, ‘बजेटको सुझाबमा निजी क्षेत्रको तर्फबाट हामी सकारात्मक छौं । परम्परागत बजेटलाई नयाँ चरणको बजेट ल्याउनुपर्छ भन्ने कुरा उठाएको थिए । निजी क्षेत्रबिना आर्थिक सुधार सम्भाव छैन भन्नेकुराको लबिङ गर्दै आएका थियौं । अहिलेको बजेटमा निजि क्षेत्रलाई संगै राखिदिनुभएकोमा धन्यवाद दिन चाहान्छु । बजेटमा आएका निजी क्षेत्रका मागहरूलाई कार्यान्वयन गरिदिनु होला । अहिलेका ऐनहरू संसोधन भएका छन् । सबै राजनीतिक दलहरूले एक ठाउँमा भएर गर्नुभएको कुरा राम्रो हो । बजेटले दिएको मार्गदर्शनमा हुबहु हिड्यौ भने, आर्थिक रूपान्तरण सम्भाव छ ।’