एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’ – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- १४

एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’

काठमाडौं। गत फेब्रुअरीमा क्यानडाविरुद्ध हुन लागेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलीमा समावेश भएका थिए अनिल शाह। त्यति बेलासम्म अनिलले नेपालका लागि ४ वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ६ वर्षको अवधिमा।

सन् २०१८ र सन् २०२२ मा २र२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका अनिलले त्यसमा जम्मा ३२ रन जोडेका थिए।

त्यसैले पनि क्यानडाविरुद्धको शृङ्खलाका लागि अनिलको नाम समावेश हुनु उनका लागि पुनरागमन गर्ने अवसर थियो। किनभने नेपालले लगत्तै विश्वकप लिग-२ को शृङ्खला खेल्दै थियो भने केही महिनापछि टी-२० विश्वकप।

दुर्भाग्य, क्यानडाविरुद्धको पहिलो खेलमा उनी प्लेइङ-११ मा परेनन्। तर दोस्रो खेलमा उनलाई कुशल भुर्तेलको स्थानमा टोलीमा समावेश गरियो। २ सय ८६ रनको लक्ष्य पाएको खेलमा अनिलले पहिलो विकेटका लागि आसिफ शेखसँग ५५ रनको साझेदारी गरेका थिए। नेपालले ६४ रन जोड्दा अनिल एक्लैको नाममा ५० रन जोडेका थिए। सोही स्थितिमा उनी आउट भए।

उनले २० बलमा तीन छक्का र ७ चौका प्रहार गरेका थिए। तेस्रो खेलमा अनिललाई आसिफ शेखको स्थानमा राखियो। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४५ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि अनिल र भीम सार्कीबीच एक सय ८९ रनको अविजित साझेदारी भयो। यो खेलमा अनिलले एक सय २४ बलमा २ छक्का र १२ चौकासहित एक सय १२ रन जोडेका थिए। त्यसयता विश्वकप लिग-२ को पहिलो शृङ्खलाका चारमध्ये ३ खेलमा उनी दोहोरो अंक छुन सकेनन्। नेदरल्यान्ड्सविरुद्ध भएको एक खेलमा भने अविजित ५७ रन जोडेका थिए।

लगत्तै नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि पनि अनिल टोलीमा समावेश भए। त्यसअघि उनले एकपटक मात्र टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए त्यो पनि सन् २०१८ मा । अनिलले नामिबियाविरुद्ध मात्र खेल्न अवसर पाए। त्यस खेलमा उनले २४ रन जोडेका थिए।

टी-२० फर्म्याटको एसिसी प्रिमियर कपका लागि नेपाली टोलीमा परे पनि उनले एक खेल पनि खेल्ने मौका पाएनन्। तर वेस्ट इन्डिज एसँग भएका टी-२० शृङ्खलाका अन्तिम खेलहरूमा उनी लय समातेको जस्तो देखिए। उनले शृङ्खलाको अन्तिम खेलमा ५८ रन जोडेका थिए। उनले ४५ बलमा ४ छक्का र ४ चौका हिर्काएका थिए। केही दिनअघि क्यानडाविरुद्ध भएको वामअर्पमा पनि उनले २४ रन जोडेका थिए ।

अनिल ओपनिङ र तेस्रो नम्बर दुवैमा ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् । उनी विकेटकिपर पनि हुन् । नेपाली टोलीमा विगत तीन वर्षयता कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी नेपाली टिममा प्रभाव बनाइरहेको छ । यो जोडीलाई चुनौती बन्न सक्ने खेलाडी हुन् अनिल । हाल आसिफ नेपाली टोलीको पहिलो रोजाइका विकेटकिपर हुन् । उनको ब्याटिङमा प्रभाव कम भएमा अनिलले विस्थापित गर्न सक्ने छन् ।

कुशल भुर्तेलका लागि पनि अनिलको प्रदर्शनले ‘च्यालेन्ज’ गर्न सक्ने छ । कुशल र आसिफ दुवै टोलीमा रहँदा पनि अनिल टोलीमा अँटाउन सक्नेछन् । वेस्ट इन्डिज एविरुद्धको शृङ्खलामा यी तीनवटै खेलाडी एकसाथ खेलेका थिए ।

नयाँ पुस्ताका नेपाली क्रिकेटरमा अनिललाई अन्तर्राष्ट्रिय स्तरका ब्याट्सम्यान मानिन्छ। उनी मैदानका सबै दिशामा बल प्रहार गर्ने क्षमता राख्छन् । अफिसियल टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिया टोलीविरुद्ध अनिलको परीक्षण हुन बाँकी छ ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर