अत्यधिक गर्मी बढेपछि धनगढीमा विद्यालय बिदा
नेपाल प्रेस
२०८१ जेठ १७ गते १४:३९
कैलाली । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बिदा दिएको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको विज्ञप्तिमा बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया