माधव नेपालबाट पूर्वसांसद देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ सार्वजनिक – Nepal Press

माधव नेपालबाट पूर्वसांसद देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ सार्वजनिक

काठमाडौं । ‘थातथलोका कथा’ ल्याएको एक वर्ष नपुग्दै देवशंकर पौडेल अर्को कृति ‘लिखुसँग आत्मसमर्पण’ लिएर आएका छन् ।

रामेछापका पूर्व सांसद तथा अध्येता पौडेलले आफ्नो जन्मस्थल वरपर बाल्यकालदेखि आफूले देखे भोगेका रोचक घटनाहरूलाई लिपिबद्ध गरेर नयाँ कृति ल्याएका हुन् ।

नेकपा एसका पोलिटब्युरो सदस्य समेत रहेका लेखक पौडेलको नयाँ कृति लिखुसँग साक्षात्कार पुस्तकको शुक्रवार आलोकनगरस्थित पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विमोचन गरे ।

नेकपा एसको रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको विमोचन कार्यक्रममा अध्यक्ष माधव नेपालले देवशंकर पौडेलको अध्ययन अनुसन्धान गर्ने स्वभाव देखेरै आफूले प्रधानमन्त्री भएका बेला शहीदहरूको विवरण संकलन गर्ने कार्यदलको जिम्मा दिएको बताए ।

पौडेलको संस्मरणात्मक पुस्तकमा लिखु खोला आसपासका घटनाक्रमहरू र कतिपय सुनेजानको विषयहरू समेटिएका छन् । रामेछापको लिखु तामाकोशी २ सैपुका स्थायी बासिन्दा पौडेलको पुस्तक पनि मूलतः सोही सेरोफेरो र ओखलढुंगासँग गाँसिएका घटनाक्रमसँग केन्द्रित छ ।

पुस्तकमा लेखकले आफ्नो जीवनका घटनाक्रम,विकृति विसंगतिविरुद्ध प्रगतिशील अभियान सञ्चालनका क्षणहरू,अग्रज अभिभावकहरूका किस्सा समेत समेटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *