श्रमाधान मेलामा स्वास्थ्य व्यवसायी महासंघको स्वास्थ्य शिविर – Nepal Press

श्रमाधान मेलामा स्वास्थ्य व्यवसायी महासंघको स्वास्थ्य शिविर

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघले श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महासंघले ७ वटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’मा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

जनकपुरधाममा आजदेखि सुरु भएको मेलामा महासंघले स्वास्थ्य शिविर राखेकाे छ । शिविरमा स्वास्थ्य परीक्षण गर्नुको साथै नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण भइरहेको महासंघका अध्यक्ष कैलाश खड्काले बताए ।

उनका अनुसार शिविरमा डा. पर्शुराम घिमिरेको नेतृत्वमा ७ वटै प्रदेशमा चिकित्सकसहितको टोली परिचालन गरिएको छ । सातै वटा प्रदेशमा आयोजना भइरहेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर आयोजना गर्ने उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जेठ १७ गते कोशीबाट श्रमाधान रोजगार मेला सुरु भएको थियो । यो मेला हरेक प्रदेशमा दुई दिन चल्ने छ । स्वास्थ्य शिविर पनि ७ वटै प्रदेशमा सञ्चालन हुने महासंघका अध्यक्ष खड्काले बताए ।

कोशीमा भएको शिविरमा २ सय जनाको परीक्षण भएको थियो । यो मेला पोखरा (२१–२२), वुटवल ९२३–२४), धनगढी (२५–२६), सुर्खेत (२७–२८० र ललितपुर (२९–३०)मा हुँदैछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर