हावाहुरीले घर भत्किँदा च्यापिएर वृद्वको मृत्यु – Nepal Press

हावाहुरीले घर भत्किँदा च्यापिएर वृद्वको मृत्यु

दाङ । गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा दाङमा एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका- १२ रझेनीका ७० वर्षीय भगवान् खत्री को हावाहुरीले भत्काएको घरले च्यापिएर मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

उनका अनुसार अनुसार गएराति र८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु भएको हो । मृतक खत्रीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *