चुनावी अभियान सकिएसँगै तिहाड जेलमा आत्मसमर्पण गर्ने केजरीवालाको घोषणा – Nepal Press

चुनावी अभियान सकिएसँगै तिहाड जेलमा आत्मसमर्पण गर्ने केजरीवालाको घोषणा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्य मन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज अपरान्ह तिहा जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

नरेन्द्र मोदी सरकारले भ्रष्टाचार आरोपमा जेल पठाएका केजरिवाललाई सर्वाेच्च अदालतले चुनाव प्रचारका लागि जेलबाहिर जान अनुमति दिएको थियो ।

जेलबाट छुटेर २१ दिन चुनावी प्रचार सकेपछि आजै आफूले तिहाड जेलमा सरेन्डर गर्ने केजरीवालले बताएका छन् ।

दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिने र हनुमान मन्दिरको र्दनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *