नेपाल लाइफ इन्स्याेरेन्सले सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने – Nepal Press

नेपाल लाइफ इन्स्याेरेन्सले सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफइ न्स्याेरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो पटक कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर