टीसीएलले ल्यायो विश्वकप लक्षित ‘गो बिग, गो टीसीएल’ योजना – Nepal Press

टीसीएलले ल्यायो विश्वकप लक्षित ‘गो बिग, गो टीसीएल’ योजना

काठमाडौं । टीसीएलले टी ट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘Go Big, Go TCL’ नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकहरूले टीसीएलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् ।

टीसीएलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टीभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गूगल टीभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरू उपभोक्तासामु ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।

थप रूपमा, टीसीएलले ग्राहकहरूलाई उनीहरूको सपनाको टीभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरसमेत प्रदान गरिएको छ ।

टीसीएलको ९८-इन्च टिभीको 4K रिजोल्युसन र HDR सपोर्टजस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ । यसको ठूलो डिस्प्लेको सहायताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्ने बताइएको छ ।

टीसीयल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्डका साथै उत्कृष्ट उत्पादनका लागि संसारभर प्रख्यात छ । उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधि प्रदान गर्नमा केन्द्रित भई टेक्नोलोजी दुनियाँमा नवीन परिवर्तन ल्याउने ध्येयका साथ अघि बढेको कम्पनीले जनाएको छ ।

नेपालमा टीसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत ईएओल प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर