न्यूरोडमा हस्तक्षेप गर्न आएको महानगर प्रहरीविरुद्ध स्थानीयको नाराबाजी, प्रहरी पनि आए (भिडिओ)
काठमाडौं । न्यूरोडमा सडक विभागले गरिरहेको काममा महानगर प्रहरी आएर हस्तक्षेप गर्न खोजेपछि तनाव बढेको छ । सडक विभागका कर्मचारी, नगर प्रहरी, बालेनका समर्थक र स्थानीयवासीहरु जम्मा भएर वादविवाद गरिरहेका छन् ।
महानगरले फुटपाथ बढाउने भनेर केही दिनअगाडि न्यूरोडको सडक किनारा भत्काएको थियो । आज सडक विभागले भत्काएको सडक धमाधम पिच गर्न थाल्यो । पीच भइरहँदा नगरप्रमुख बालेनले नगर प्रहरी पठाएका छन् ।
नगर प्रहरीले पिच रोक्न सडक विभागका कर्मचारीलाई दबाब दिएपछि विवाद बढेको हो । बालेनका समर्थक पनि जम्मा भएपछि कोलाहल उत्पन्न भएको छ । स्थानीयवासी सडक पीच हुनुपर्ने पक्षमा छन् ।
नगर प्रहरीले हस्तक्षेप गर्न खोजेपछि स्थानीयले नाराबाजी गरे । उनीहरूले नगर प्रहरी मुर्दावादको नारा लगाएका छन् । बालेनविरुद्ध पनि नाराबाजी भएको छ ।
नाराबाजी र विवादका बीच सडक पिचको काम भने जारी राखिएको छ । अहिले नेपाल प्रहरी पनि घटनास्थलमा पुगेकाे छ ।
तस्बिरहरू : उमेश कार्की ।
महानगर को काम मा सडक बिभाग ले हस्तक्षेप गर्नु अस्वोभाबिक रुपमा महानगर प्रमुख प्रति सांघातीक हमला साथै अपमान
हो केहि गर्न सक्ने भिजन भएको व्यक्ति लाई षड्यन्त्र पुर्बक प्रतिबन्ध हो।