कोशी सरकारको नीति तथा कार्यक्रम- प्रत्येक जिल्लामा रुपान्तरणकारी परियोजना – Nepal Press

कोशी सरकारको नीति तथा कार्यक्रम- प्रत्येक जिल्लामा रुपान्तरणकारी परियोजना

विराटनगर । कोशी प्रदेश सरकारले प्रत्येक जिल्लामा कम्तीमा एउटा रुपान्तरणकारी परियोजनाको निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रदेश सरकारले नीति लिएको छ ।

प्रदेश सरकारले यसका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्दै प्रदेश प्रमुख परशुराम खापुङले घोषणा गरेका छन् ।

उनले विदेशमा नेपाली चिया प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने नीति लिइएको बताए ।

प्रदेश प्रमुख खापुङले धनकुटाको भेडेटारमा स्काई वाकको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बताए ।

विराटनगरको २५ तले व्यवसायिक भवन परियोजना र सुनसरीको बर्जु ताल पर्यटन पूर्वाधार परियोजनालगायतका प्रदेश लगानी प्राधिकरणले अगाडि बढाएका परियोजनाको निर्माण प्रारम्भ गर्न लगानीकर्तालाई प्रोत्साहित गर्ने कोशी सरकारले नीति लिएको छ ।

कोशी सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर