एमबीबीएस सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयको भवन राप्ती प्रतिष्ठानले उपयोग गर्ने – Nepal Press

एमबीबीएस सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयको भवन राप्ती प्रतिष्ठानले उपयोग गर्ने

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालू आर्थिक वर्षदेखि नै एमबीबीएसको कक्षा सञ्चालनमा ल्याउने तयारी तीव्र पारेसँगै जिल्ला जनस्वास्थ्य कार्यालयको भवन उपयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय दाङलाई पत्राचार गरेर कार्यालय भवन प्रतिष्ठानको एमबीबीएस सञ्चालन गर्नका निमित्त उपयोग गर्न निर्देशन दिएको हो ।

प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र पुनको हिजो जेठ २० गते भएको मन्त्रिस्तरको निर्णय भएसँगै अब प्रतिष्ठानले शैक्षिक शत्र २०८१/८२ को एमविविएस कार्यक्रम सञ्चालनको लागि जनस्वास्थ्य कार्यालयको भवनको छतमा प्रीफ्याव स्ट्रक्चर बनाउने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

उनले प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यलाई गरेको पत्राचारको बोधार्थ प्रतिष्ठानलाई पनि पठाएको छ । मन्त्रालयका बरीष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीद्वारा हस्ताक्षरित पत्रमा प्रतिष्ठानलाई जनस्वास्थ्य कार्यालयको भवन उपयोगका निमित्त सहजिकरण गर्न सम्बन्धित कार्यालयलाई पनि निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *