लुम्बिनीका पूर्वमन्त्री तथा सांसद यादवको निलम्बन फुकुवा, भ्रष्टाचार मुद्दामा पाए सफाइ – Nepal Press

लुम्बिनीका पूर्वमन्त्री तथा सांसद यादवको निलम्बन फुकुवा, भ्रष्टाचार मुद्दामा पाए सफाइ

रूपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११ औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाकाे अन्तिम किनारा नलागेसम्मको लागि निलम्बन गरेको थियो ।

सो मुद्दामा यादवले सफाई पाएपछि प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो । मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर